
काठमाडौं । घुस विवादमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
घुस खाएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका हुन् ।
घुस खाएको अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो ।
अडियो रेकर्ड अनुसार, गत पुस-माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए ।
मन्त्री गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभएमा अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनेर धम्क्याउने गरेको समेत आरोप छ ।
























