झापामा बेपत्ता भएका बालक खोलामा मृत फेला

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३१, मंगलबार १२:१२

विराटनगर । झापाको दमकबाट बेपत्ता भएका बालक भोलिपल्ट खोलामा मृत फेला परेका छन् ।

दमक नगरपालिका–९ का सुमन धिमालका छोरा ११ वर्षीय रमन धिमालको शव भेटिएको हो । रमन साथीहरुसँग खेल्न जान्छु भनेर सोमबार घरबाट हिँडेका थिए ।

फर्किएर नआएपछि आफन्तले खोजी गर्ने क्रममा मंगलबार बिहान दमक–९ सानुअर्ना खाडीस्थित बेतेनी र भुत्रे खोलाको दोभानमा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरदेखि करिब ९ सय मिटर पश्चिमको खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

दमक अस्पतालमा पोस्टमार्टम गरेर शव अभिभावकलाई जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिना नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.