सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाकाे निर्णय

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार १६:३५

काठमाडौं ।सरकारसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । बुधबार बसेको संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार समर्थन फिर्ता लिने निर्णय भएको हो ।

फिर्ताकाे निर्णय अघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुसँग जसपाका नेताहरुले भेटवार्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.