बामदेव गौतमको अभियान र माधव नेपालको समाजवादीबीच आज एकता

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार ०७:२४

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । बामदेव गौतम नेतृत्वको अभियानले समाजवादी पार्टीसँग आज राष्ट्रिय सभा गृहमा एकता घोषणा गर्न लागेको हो ।

एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले गत असार २७ गते हस्ताक्षर गरेका थिए ।

आज हुने एकता घोषणा सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको नेताहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.