राप्रपा अख्तियार जाने

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २, शुक्रबार १०:४२

काठमाडौं । सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने भएको छ । ज्ञापनपत्र बुझाउँनका लागि आज जान लागेको हो ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ ।

असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.