झापामा १ हजार २ सय दुर्घटना, ९५ जनाको मृत्यु

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३, शनिबार ०६:२४

झापा । पछिल्लो एक वर्षमा झापामा ९५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८१–८२ मा १ हजार २ सय ९६ सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको हो । दुर्घटनामा करिब २ हजार जना घाइते भएका छन् ।

सवारी सुरक्षामा चासो बढाइए पनि, गम्भीर घाइतेको सङ्ख्या १ सय ३९ पुगेको छ भने १ हजार ९ सय ३४ जना सामान्य घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण मापसे, लापरबाही र ट्राफिक नियम उल्लङ्घन भएको ट्राफिक प्रहरीको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार यो अवधिमा झापामा ५२ हजार ८ सय ७५ चालकलाई विभिन्न ट्राफिक नियम उल्लङ्घनका कारण कारबाही गरिएको छ ।

यसबाट सरकारलाई ३ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ। मादक पदार्थ सेवनमा मात्रै ३ हजार १ सय ७४ चालक कारबाहीमा परेका छन् ।

ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्लाका विद्यालयहरूमा ८ हजार ४ सय ६१ विद्यार्थीलाई ट्राफिक शिक्षा दिइएको छ। साथै, मापसे विरुद्धको प्रशिक्षणमा १ हजार २ सय ५० जनाले भाग लिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.