
काठमाडौं । नेकपा एमालेकाे पाेलिटब्यूरो बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हाे ।
बैठकपछि पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको जानकारी दिए ।
विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको उनलेे बताए । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको भनाइ छ ।
























