शिवदल गणको १४५ औं वार्षिकोत्सवमा दिवा भोज र राहत वितरण

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ४, आइतबार ११:२६

विराटनगर । आफ्नो १४५ औं वार्षिकोत्सवको अवसरमा श्री शिवदल गण थलाहाले सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङका विभिन्न सेवामूलक संस्थाहरूमा राहत वितरण तथा दिवा भोज कार्यक्रम सम्पन्न गरेको छ।

गणपति प्रमुख सेनानी अरुण कार्कीको नेतृत्वमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका–३ स्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरूप दिवा भोज खुवाइएको थियो।

त्यस्तै, विराटनगर–१३ मा रहेको कोशी प्रदेश अनाथ आश्रममा रहेका बालबालिकाहरूलाई आवश्यक खाद्यान्न र दैनिक उपभोग्य सामग्रीहरू वितरण गरिएको थियो। राहत सामग्रीहरू आश्रमकी संस्थापक सीता पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

गणले आफ्नो ऐतिहासिक स्थापना दिवसलाई जनसेवामूलक कार्यमार्फत् मनाउनु सामाजिक उत्तरदायित्वप्रति कटिबद्धताको प्रमाण भएको जनाइएको छ। कार्यक्रमले सुरक्षा निकाय मात्र नभइ मानव सेवामा समेत सक्रिय रहने शिवदल गणको परिचयलाई अझ सुदृढ बनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.