
विराटनगर । सुनसरीको इनरुवामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
इनरुवा नगरपालिका–७ बर्चुवा चोकस्थित भित्री सडक खण्डमा राति १०ः३० बजेतिर दुर्घटना भएको हो । उत्तर बर्चुवा चोकबाट दक्षिण मुसहरी टोलतर्फ जाँदै गरेको को ३४ प ५१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा–७ का ३५ वर्षीय पारस यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याउनसाथ राति ११ः२४ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाठि सवार ३५ वर्षीय रवि सरदार सामाान्य घाइते भएका छन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

























