फाइल तस्बिरकाठमाडौं । नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । केन्द्रीय कमिटीको बैठक अघि ओलीले भण्डारीसँग भेटघाट गरेका हुन् ।
एमाले केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । बैठकअघि ओली र नेकपा एमालेकाे सक्रिय राजनीतिमा फर्किने उद्घाेष गरेकी भण्डारीबीचकाे छलफललाई चासाेका साथ हेरिएकाे छ । भण्डारीलाई राजनीतिमा आउने घाेषणा गरेपछि ओली असन्तुष्ट छन् ।
उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको हाे । उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए । पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बताइएपनि छलफलको विषय बाहिर आएको छैन ।
केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
सोमबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।
























