फाइल तस्बिरकाठमाडौं । नेकपा एमालेको सदस्यता नवीकरण भइसकेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।
आइतबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनले सदस्यता नवीकरण भइसकेको बताएकी हुन् ।
ओलीले भने भण्डारीको सदस्यता नवीकरण भइनसकेको बताएका थिए ।
ओलीसँगको सँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे कुराकानी गरेको भण्डारीले बताइन् ।
‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’
उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै करिब २ घण्टा भेटवार्ता भएको थियो ।
























