
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ ले जेष्ठ नागरिकलाई खानेपानी ट्यांकी (प्लास्टिक ड्रम) निःशुल्क वितरण गरेको छ । आइतबार एक कार्यक्रमकाबीच वडाले ड्रम वितरण गरेको हो ।
वडा कार्यालयको १ लाख ५० हजार बजेटबाट वडा भित्रका २४ जना जेष्ट नागरिकलाई ५ सय लिटरका २४ वटा ड्रम वितरण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देबेन्द्र कुमार लावतीले जानकारी दिए ।
वडा भित्रका करिब ८५ बर्षभन्दा माथीका जेष्ठ नागरिकलाई आवश्यकताको आधारमा ड्रम वितरण गरिएको हो ।
सुख्खा क्षेत्रका जेष्ठ नागरिकलाई खानेपानी जोहो गरी आवश्यकता अनुसार प्रयोग गर्न सहयोग पुगोस् भनेर खानेपानी ट्यांकी (प्लास्टिक ड्रम) वितरण गरिएको वडा अध्यक्ष लावतीको भनाई छ ।

























