
विराटनगर । साउनको पहिला सोमबार (आज) विराटनगरका विभिन्न शिवालय ( शिव मन्दिर )मा भक्तजनहरूको भिडभाड देखिएको छ ।

साउनमा भागवान शिवको पूजाआज हुने भए पनि सोमबारलाई विशेष रुपमा लिइने गरिन्छ । विराटनगरलगायत देश, विदेशमा रहेका शिव मन्दिरमा बिहानदेखि नै भक्तजनहरू पूजाआजा गर्न जानेको भिडभाड भएको देख्नसकिन्छ ।
विराटनगरको वनसखण्डी, बासुकीनाथ, विराटेश्वरलगायतका मन्दिरमा भक्तजनहरू पूजाअर्चना गर्नेको भिड रहेको छ ।

आशुतोष भगवान (महादेव)को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने प्रचलन छ । सोमबारका दिन पूजाआराधना र अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

साउनमा पुरुष र महिलाले सात्विक खानपान गर्छन् भने महिलाहरूले हातमा मेहन्दी, हरियाली चुरा पोतेजस्ता सौभाग्य लगाउने प्रचलन रहेको छ ।
सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको सुरुवातको भएको संकेतका रुपमा लिइन्छ ।

व्रत बसेर शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ।































