सप्तकोशीमा बालक बेपत्ता

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १६:३९

विराटनगर । सप्तकोशी नदीमा एक बालक बेपत्ता भएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश बेपत्ता भएका हुन् ।

सुनसरी प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार तीन जना साथीसँग नुहाउन गएका उनी बेपत्ता भएका हुन् । अन्य दुई जना सकुशल छन् । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.