संविधान संशोधनलाई अघि बढाउनु पर्ने कांग्रेसका ‘सात भाइ’को निष्कर्ष

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १७:४१

काठमाडौं । नेपाली कांग्रेसका ७ पूर्वपदाधिकारीले संविधान संशोधन प्रक्रियालाई अघि बढाउनु पर्ने निष्कर्ष निकालेका छन् । सरकारले संविधान संशोधन प्रकृया अगाडि नबढाएको निष्कर्ष निकाल्दै  संशाेधन प्रकृया अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेका हुन् ।

सोमबार दिउँसो प्रकाशमान सिंहकाे निवास चाक्सीबारीमा भएको छलफलपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गठबन्धन सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि नबढाएको गुनासो गरे ।

चाक्सीबारी बैठकमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा।शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी थिए ।

‘कांग्रेस–एमालेबीच गठबन्धन हुँदा संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सहमति थियो,’ उनले भने,‘सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा राखेको छ। तर अहिलेसम्म महत्वपूर्ण यो कार्य अगाडि बढिराखेको छैन। त्यसलाई पनि अब अगाडि बढाउनुपर्छ।’

कांग्रेस नेता सिटौंलाले संविधान संशोधन र समीक्षा गर्ने विषयमा कांग्रेसबाट नेतृत्व गरेर सहभागी उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति प्रकाशमान सिंहसमक्ष ध्यानाकर्षण गराएको बताए ।

कांग्रेसका डा।शेखर कोइरालाले माओवादी अध्यक्ष प्रचण्ड र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकोबारे सञ्‍चारकर्मीको प्रश्‍नमा सिटौलाले यो कुरा सम्बन्धित नेताहरूलाई नै सोध्दा उचित हुने जवाफ दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.