बेलबारीमा घरनजिकै मृत फेला परे शेरबहादुर

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार १४:५८

विराटनगर । मोरङको बेलबारीमा १ जना पुरुष आफ्नै घरनजिक मृत फेला परेका छन् ।

बेलबारी नगरपालिका–८ त्रिवेणी चोकका ५० वर्षीय शेरबहादुर खड्काको शव घरदेखि करिब सय मिटर उत्तरमा भेटिएको प्रहरीले जनाएको छ । भित्री सडकको किनारमा खड्कालाई सोमबार साँझ ५ बजेतिर मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खड्काको मृत्युको कारण खुल्न सकेको छैन । शवको झापा दमकको दमक अस्पतालमा पोस्टमार्टम गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.