
काठमाडौं । नेकपा एमालेको राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् ।
पत्रकारसँगको छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले पछि हट्ने अवस्थामा नरहेको बताएकी हुन् । उनले भनिन्,‘म अघि बढिसके, खुट्टा कमाउदिनँ ।’
आफू सक्रिय राजनीतिमा आउँदा कसैले पनि भयभीत हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले भनिन् ,‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ ।’
























