विद्या भण्डारीलाई रोक्न केन्द्रीय कमिटी बैठकमा प्रस्ताव

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ६, मंगलबार १९:०७

काठमाडौं । विद्या भण्डारीलाई रोक्नका लागि नेकपा एमालेले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैंका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा विधान संशोधन लागि प्रस्ताव गरिएको हो । यो प्रस्ताव पारित भए विद्या भण्डारीलाई एमालेको राजनीतिमा आउन कठिन हुनेछ ।

राज्य सञ्चालनको लागि नभई नहुने केही शीर्ष नेतृत्वबाहेक पार्टीको टिकटमा निर्वाचित हुने जनप्रतिनिधिलाई निश्चित समयपछि ‘कुलिङ पिरियड’को व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि बैठकमा गरिएको छ ।

उमेर हद, कार्यकाल र अन्य विषयमा पार्टी सचिवालय र पोलिटब्यूरोको प्रस्तावलाई नै समर्थन गरिने प्रस्ताव छ ।

जबजको वैचारिक, दार्शनिक र प्राज्ञिक उन्नयनका लागि मौजुदा मदन भण्डारी फाउन्डेसनकको विज्ञ र वुध्दिजीवी सम्मिलित केन्द्रीय संरचना व्यवस्थित गर्ने प्रस्ताव छ । यसैगरी पार्टी कमिटी र जनवर्गीय संगठनजस्ता देखिने हालका अरू सबै संरचना खारेज गर्ने प्रस्ताव उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.