विद्या भण्डारीकाे पार्टीमा फर्कने ढाेका बन्द, यी हुन् एमालेले गरेका ८ निर्णय

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार ०९:०४

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ८ प्रस्ताव पारित गरेकाे छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ८ वटा  प्रस्ताव पारित गरेको हो ।

बैठकले एमालकाे राजनीतिमा सक्रिए हुने घाेषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले राेक्ने भएकाे हाे ।

दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको, श्रमिकहरूको ज्याला बढेको, राजावादीहरुको आन्दोलन असफल भएको, सहकारीमा भएको बेथेतिको सम्बोधन भइरहेकोले नागरिकमा आशा बढैको एमालेको निष्कर्ष निष्कर्ष छ ।

एमालेले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै सरकारलाई प्रभावकारी बनाउन गठबन्धनका दलहरुलाई आह्वान पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.