सिक्किम घर बताउने पुरुष सुँगुर फार्मभित्र मृत फेला

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ७, बुधबार १७:१०

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–६ शुभबिहानी टोलमा रहेको सुँगुर फार्मभित्र बुधबार १ जना पुरुष मृत फेला परेका छन् ।

सरोज लावतीले सञ्चालन गरेको फार्मभित्र भारतको सिक्किम घर बताउने अन्दाजी ६५ वर्षीय डम्बरबहादुर मगर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फार्मभित्रको ओछ्यानमा बिहान ६ः३० बजेतिर शव फेला परेको हो ।

मृतकका आफन्त सिक्किममै बस्दै आएको प्रहरीले जनाएको छ । घटनाको जानकारी आफन्तलाई गराउने प्रयास भइरहेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

मगरको मृत्युको कारण खुल्न नसकेको र प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.