
विराटनगर । विराट नेवा पूच: र नेवा: देय् दबूको संयुक्त आयोजनामा गथांमुग:(घण्टाकर्ण)चह्रे पर्व परम्परागत पुत्ला प्रदर्शन तथा दहन कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार कञ्चनबारी क्षेत्रमा गथांमुग: को पुत्ला बनाएर प्रदर्शन गरिएको थियो। सांस्कृतिक पहिरनमा सजिएका सहभागीहरू, बाजागाजा र झाँकीसहितको र्यालीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
दिनभर विभिन्न सांस्कृतिक कार्यक्रमपछि साँझ स्थानीय बस्ता खोलामा पुत्ला दहन तथा विसर्जन गरिएको बिराट नेवा पूच: का अध्यक्ष भाजु जयकुमार श्रेष्ठले जानकारी दिए ।
उनले गथांमुग:पर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै यस्ता पर्वहरूले नेवार समुदायको मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनको अनुुसार गथांमुग: पर्व नेवार समुदायको एक महत्वपूर्ण चाड हो । यसमा नकारात्मक शक्ति र भूत-प्रेतहरूको प्रतीकात्मक रूप ‘घण्टाकर्ण’ को पुत्ला जलाएर दुष्ट शक्तिको नाश गरिन्छ र शुद्धीकरण गरिन्छ भन्ने जनविश्वास रहिआएको उनको भनाइ छ ।























