
विराटनगर । मोरङको कटहरी घर भएका १ जना पुरुष बिहीबार दिउँसो नहरमा मृत फेला परेका छन् ।
कटहरी गाउँपालिका–२ का अन्दाजी ३६ वर्षीय राजकुमार ऋषिदेवको शव फेला परेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पानीको नहरमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाइने र घटनाको थप अनुसन्धान अघि बढाइने जानकारी प्रहरीले दिएको छ ।

























