झापामा मदिरा सेवनबाट २ जनाको मृत्यु   

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ८, बिहीबार १७:२९

विराटनगर । झापाको छुट्टाछुट्टै स्थानमा मदिरा सेवनबाट बिहीबार २ जनाको मृत्यु भएको छ ।

कनकाई र बिर्तामोडमा अत्यधिक मदिरा सेवनबाट २ जनाको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

कनकाई –४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएको झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार शिवाकोटी शिवसतासी नगरपालिका –११ घर कनकाईमै बस्दै आएका थिए ।

मृत शिवाकोटी घरमा रंगरोगन गर्ने मजदुरी गर्दै आएका थिए । उनी अत्यधिक मदिरा सेवन गर्ने गरेको र त्यही कारणबाट मृत्यु भएको स्थानीयले जानकारी दिए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शिवाकोटी सडकको किनारमा खाली खुट्टा भुइँमा पल्टिएको अवस्थामा भेटिएका थिए ।

यसैगरी, बिर्तामोड नगरपालिका –६ शुभ बिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएको प्रहरीले जनाएको छ ।

मगरको घर भारतको सिक्किम भए पनि स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा सुँगुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए ।

मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृत अवस्थामा भेटिएका दुवै जना अत्यधिक मदिरा सेवन गर्दै प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.