घुस काण्डमा मुछिएकी पत्नीलाई रेशमको भिडियाे सन्देश : ‘जवाफ दिनुपर्छ’

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार ११:३८

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पतिपत्नी हुन् । उनीहरुको राजनीतिक विवाद बेलाबेला बाहिर आउँछ ।

पछिल्लो समय रञ्जिता घुस विवादमा मुछिएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी श्रीमती रञ्जिता घुस काण्डमा मुछिएपछि रेशम चौधरीले जवाफ माग गरेका छन् । उनले केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ माग गरेका हुन् ।

कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन आग्रह गरे ।

भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’

‘अध्यक्ष जी पन्छिन पाउनु हुन्न । ओहो, साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’ उनले भने,‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंको कारणले सिर्जना भएपनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास प्रयत्न त गरेकै छौ नि । तपाईं केन्द्रीय समिति बैठकमा आउनुपर्छ, स्पष्ट जवाफ दिनुपर्छ । जनता अन्योलमा छन् ।’

उनले पार्टीलाई बन्धक नबनाउन र निकास दिन सुझाएका पनि छन् । ‘निराकरणको बाटो दिनुपर्छ, पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन, यसको निकास तपाईंले नै दिनुपर्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.