
चितवन । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहेका उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । चितवनको भरतपुर महानगरपालिका–२५ दिब्यनगरस्थित आफ्नै निवासमा शनिबार बिहान उनको निधन भएको परिवारले जनाएको छ ।
क्यान्सरको उपचार गराइरहेका गुरुङ कांग्रेस चितवनका पूर्वसभापति हुन् । उनी २०७८ साउन १२ गते गण्डकीको प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
गुरुङ नवलपरासीको भूमि आयोग अध्यक्षसमेत भएका थिए । गुरुङको आइतबार अन्त्येष्टि गरिने भएको छ ।

























