कुलिङ पिरियडमा एमालेले म्याउँ गर्यो : प्रचण्ड

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १०, शनिबार १३:५९

काठमाडौं । संघीय निजामती विधेयककाे कुलिङ पिरियडमा नेकपा (एमाले)ले छेडखानी गरेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आराेप लगाएका छन् ।

कुलिङ पिरियडको छेडखानीमा एमालेले म्याउँ गरेका कारण छेडखानी पनि एमालेले नै नगरेकाे हुनसक्ने उनकाे आरोप छ ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले नेतृत्व जिम्मेवार रहेको आरोप लगाए ।

‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर, अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो’ उनले भने,‘तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउँ गरि छाड्यो भने जस्तै एमालेले म्याउँ गरि नै हाल्यो ।’

प्रचण्डले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको दाबी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.