
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद सन्तोष पाण्डे लुम्बिनी प्रदेशको मन्त्री नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुनेछ ।
पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा गएको थियो । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।
वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए ।
























