रातभरको वर्षाका कारण २५ जिल्लामा बाढीको उच्च जोखिम

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार ०९:२१

विराटनगर । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) विभिन्न स्थानमा बाढीको सम्भावना रहेकाले सतर्कताका लागि सुझाव दिएको छ ।

आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ, तर बढ्ने सम्भावना भने कायमै रहेको बताइएको छ ।

दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्त इलाम, झापा, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।

महाशाखाले उल्लिखित २५ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै होसियारी अपनाउन भनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.