संसदीय दलको नेताबाट बाहिरिए बहादुर सिंह

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १३, मंगलबार १३:२०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट बाहिरिएका छन् ।

संसदीय दलमा मत विभाजन हुँदा उनले नेताको हैसियत गुमाएका हुन् । संसदीय दलमा मंगलबार मत विभाजन भएको थियो । लामाको पक्षमा १५ मत मात्रै परेको छ ।

अविश्वासको पक्षमा भने २२ मत परेको छ । संसदीय दलको नेताबाट ‘आउट’ भएपछि अब उनको मुख्यमन्त्री पद पनि गुम्ने छ । अब बागमतीको नयाँ मुख्यमन्त्री नेपाली कांग्रेसकै इन्द्रबहादुर बानियाँ बन्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.