दुई मन्त्री सवार गाडी आपसमा ठोक्किए  

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १३, मंगलबार १४:४३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका २ मन्त्रीहरू सवार गाडीहरू एकापसमा ठोक्किएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी लम्कीमा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एकापसमा ठोकिए गाडीमा क्षति पुगे पनि गाडीभित्र सवार सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार से १ झ ३३० र बा २ झ १४१९ नम्बरको गाडी चढेर उनीहरू कैलालीको चिसापानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाँदै थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.