
काठमाडौं । रुपन्देही क्षेत्र – ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेकपा एमालेले मातहतको कमिटीलाई निर्देशन दिएको छ ।
नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।
पार्टी महासचिव शंकर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन् ।
उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।
























