बागमतीका नयाँ मन्त्रीको शपथ रोकियो

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार १२:२३

काठमाडौं । बागमती प्रदेश सरकारका नयाँ मन्त्रीहरूको शपथ रोकिएको छ । कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी गुमाएका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पक्षका तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । यो नियुक्तीप्रति कांग्रेस र एमाले दुबै दल असन्तुष्ट छन् ।

मुख्यमन्त्री लामाले मन्त्रीहरूको शपथ सञ्चालन गर्न दबाब बढाएका थिए । तर प्रदेश प्रमुखले भने आफू विरामी परेको भन्दै शपथ स्थगित गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम जनाइएको छ । सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री लामाले लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय सहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका  थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.