दिक्तेलका मेयर भट्टराई वीर अस्पताल भर्ना 

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार १४:१६

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई वीर अस्पतालमा भर्ना भएका छन् ।

उनी काठमाडौंस्थित माइतीघर मण्डलामा केही दिनदेखि ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका थिए ।

अनशनमा बसेका भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि अनशन स्थलबाट उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो । उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउने जस्ता समस्या देखिएको छ ।

आफूले अघि सारेको ७ बुँदे माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै भट्टराई बुधबारदेखि आमरण अनशनमा बसेका हुन् । स्वास्थ्यमा समस्या देखिए पनि उनले स्वास्थ्यको जिम्मा आफैँ लिने कागज गरेका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने भन्दै उपचारमा संलग्न चिकित्सकले डिस्चार्ज दिन नमानेपछि भट्टराईले आफ्नो स्वास्थ्यको जिम्मा आफैँ लिने कागज गरेका हुन् ।

डिस्चार्ज भएर पुनः माइतीघरमै आमरण अनशन बस्ने उनको तयारी छ । बिहान मानवअधिकारकर्मीले भेटेको र अहिले स्वास्थ्य मन्त्री प्रदीप पौडेल वीर अस्पताल जाने तयारी छ ।

जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानुन बनाउनु पर्ने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोड र नम्स तयार गरी कानुन बनाउनु पर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त कर लिन पाउने कानुन बनाउनु पर्ने लगायत माग उनको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.