माछा मासु पसलको अनुगमन 

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार १८:३२

विराटनगर । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको पाएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमन गरेको छ ।

महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हिरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुगमन गरिएको हो ।

विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू जावेद मासु पसलबाट ५–५ किलो खसीको चिन्ह नभएको (बाख्री)को मासु बरामद गरी नष्ट गरिएको शाखा संयोजक यादवले जानकारी दिए ।

त्यस्तै, विराटनगर –९ मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस, विराटनगर –११ करिया मिट सेन्टर, कञ्चन फ्रेस हाउसलाई मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

उनीहरूको पसलमा सामान्य कमीकमजोरी देखिएकाले अन्तिम पटकका लागि सचेत गराइएको यादवले बताए ।

अनुगमनमा नगर प्रहरीका प्रमुख राजन पौडेलसहित कृषि तथा पशुपंक्षी शाखाका कर्मचारी र नगर प्रहरीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.