नाउपामा झगडा : श्रीमतीलाई हटाएर बुवालाई अध्यक्षको जिम्मेवारी

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार १८:३७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष लालवीर चौधरी बनेका छन् । पार्टीको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्दै चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

लालवीर चौधरी नाउपाका संरक्षक रेशम चौधरीका बुवा हुन् । पदमुक्त भएकी श्रेष्ठ श्रीमती हुन् । श्रीमती रञ्जिता विवादमा परेपछि रेशमकै जोडबलमा लालवीर अध्यक्ष बनेका हुन् ।

अध्यक्ष बनेपछि चौधरीले कमिटीको सल्लाह र सुझावका आधारमा पार्टीलाई अघि बढाउने बताए । ‘म यो अध्यक्षको जिम्मेवारी पाइसकेपछि यो कमिटीले जे सुझाव सल्लाह विधि पद्धतिको आधारमा नाउपालाई अघि बढाउनेछु,’ उनले भने ।

रञ्जिताले डेढ वर्षसम्म पार्टी बैठक नबोलाएको भन्दै उनले निकास निकाल्नका लागि नयाँ कदम चालिएको बताए । उनले संस्थापक अध्यक्ष श्रेष्ठले लागेका आरोपहरुका बारेमा जवाफ दिनुपर्ने बताए ।

‘उहाँले जति पनि अभिव्यक्ति दिनुभएको छ । उहाँलाई हामीले कम्तीमा पनि उपस्थित भइदिनुस् भनेका थियौं । पार्टी सदस्यले उहाँप्रति लगाइएका ब्लेम (आरोप) प्रति फेस गर्न पार्टी तयार छ,’ उनले भने, ‘अझै पनि उहाँलाई यो पार्टीले धेरै पर राखेको छैन । मात्रै निकासका लागि मात्रै अघि बढेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.