स्मृति दिवसमा कार्यक्रम

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार १८:५५

विराटनगर । शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन, मोरङले विराटेश्वर वृद्धआश्रममा कार्यक्रम आयोजना गरेको छ ।

शहीदहरूको सम्मानमा आश्रम परिसरमा वृक्षारोपण गर्दै त्यहाँ आश्रित ७० जना वृद्धवृद्धालाई भोजन गराएर दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका मोरङ अध्यक्ष शालिग्राम कोइरालाले शहीदहरूको बलिदानबाट प्रेरणा लिएर समाजका लागि सकारात्मक काम गर्नुपर्ने बताए ।

कार्यक्रममा संगठनका केन्द्रीय सल्लाहकार जीवन काफ्ले, केन्द्रीय सदस्य काशीराज पराजुलीलगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो ।

संगठनको कार्यप्रति आश्रममा आश्रित वृद्धवृद्धाहरूले खुसी व्यक्त गर्दै आफूहरूले सम्मान र आत्मीयताको अनुभूति गरेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.