सौन्दर्यकर्मी युनियन दुहबीको अध्यक्षमा चौधरी

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १५, बिहीबार १९:०६

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल दुहबी नगर कमिटीको अध्यक्षमा अमृता चौधरी चयन भएकी छन् ।

बिहीबार भएको दोस्रो नगर अधिवेशनबाट चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नगर कमिटीको उपाध्यक्षमा जानकी चौधरी, सचिवमा सरीता खाँ, सह–सचिवमा प्रबीन्ता धामी र कोषाध्यक्षमा नितु चौधरी चयन भएकी छन् ।

सदस्यहरूमा रोमिसा खड्गी, सम्झना खवास, रिता लिम्बु, समृता चौधरी, अञ्जु शाही र पदम कुमारी श्रेष्ठ चयन भएकी छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, देशभर छरिएर रहेका सौन्दर्यकर्मीहरूलाई संगठित गरी उनीहरूको पेशालाई मर्यादित र सम्मानित बनाउने उद्देश्यले स्थापित संस्था हो । संगठनले सौन्दर्य पेशालाई प्राविधिक क्षेत्रको रूपमा स्थापित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.