बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १८, आइतबार १८:३२

हेटौंडा । नेपाली कांग्रेस भित्रको आन्तरिक विवादका कारण बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । २०८१ साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिएका लामाले एकवर्ष ९ दिनपछि पदबाट राजीनामा दिएका हुन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको बताए ।

मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए । उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.