कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रमुखलाई

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १८, आइतबार २०:१७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुखलाई दिएका छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको अनुपस्थितमा मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कार्यभार तोकेका हुन् ।

प्रदेश प्रमुख खापुङ आइतबारदेखि मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन त्यसर्फ गएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.