स्वकीय सचिवमार्फत मुख्यमन्त्रीको राजीनामा

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १३:५७

हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वकीय सचिवमार्फत राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।

लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् । लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएको बताइएको छ ।

बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौंडा आइसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.