माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकता हुने 

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १९, सोमबार १६:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको छ।

दुवै पार्टीको एकता प्रक्रियालाई अघि बढाउन चाँडै वार्ता टोली गठन गरिने बताइएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकता हुने जानकारी दिए ।

सापकोटाले भने, ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ। एकताका लागि छिट्टै वार्ता समिति पनि बनाउँछौँ।’

माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी ) सँग पनि एकताका लागि छलफल जारी राखेको जनाएको छ।

यद्यपि, एकीकृत समाजवादीसँगको छलफल निष्कर्षमा पुगी नसकेको सापकोटाले प्रस्ट्याए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.