
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर चौरसियाले बहुविवाहलाई अनुमति दिने खालको विधेयक संसदमा पेश नहुने बताएका छन् ।
प्रतिनिधिसभाको शून्य, आकस्मिक र विशेष समयमा सांसदले उठाएको बहुविवाहसम्बन्धी चासोबारे जवाफ दिँदै उनले समाजलाई नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारको विधेयकमा स्थान नदिने प्रतिबद्धता जनाए ।
बहुविवाहकाेे विराेधमा सडकमा पनि आन्दोलन भएको थियाे ।
मुलुकी अपराध संहिता लगायतका संहितामा देखिएका कठिनाइ समाधान गर्न सरकारले संशोधनको पहल गर्दा ‘बहुविवाह गर्न पाउने’ भन्दै समाचार आएकाेमा उनलेे असन्तुष्टि जनाए ।
























