सौन्दर्यकर्मीको अनुभवमा कोभिड, अन्याय र उद्यम

Share this
741shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ श्रावण २१, बुधबार १९:२५

विराटनगर । ललिता धिमाल करिब डेढ दशकयता सौन्दर्यकर्मीको पेशामा छिन् । १४ वर्षदेखि सौन्दर्यकर्मीको पेशामा आवद्ध धिमालले अनेकौं संघर्ष र दुःख सहेकी छन् । त्यो मध्ये एउटा हो कोभिड–१९ महामारी । महामारीको जस्तो कठिन अनुभव कहिल्यै गरेकी थिइनन् । उनी भन्छिन्,‘ त्यो समय त यति गाह्रो भएको थियो, सबैभन्दा धेरै सौन्दर्यकर्मीहरू नै मारमा परेका थियौँ ।’

मान्छे मान्छेसँगै डराउने अवस्था थियो। उनी सुनाउँछिन्, ‘पार्लर बन्द गरेर, ताला लगाएर घरमै बस्याैं ।’ कोरोनाको डरबीच कहिले काँही ग्राहक आउँदा चुपचाप सटर झारेर सेवा दिएको उनको अनुभव छ ।

‘व्यवसाय शून्यमा झ¥यो,’उनी भन्छिन्,‘जब कोभिड सामान्य हुँदै गयो, छिमेकका आफन्तहरू आउन थालेपछि मात्रै विस्तारै काम चलेको हो ।’

पहिले नियमित रूपमा आउने ग्राहकहरू कोही भारत पलायन भए, कोही कोरोनाका कारण बिते ललिता ती दिनहरू सम्झँदै भावुक बन्छिन् ।

‘अहिलेसम्म पनि कोभिड फेरि आएको छभन्छन्,’उनी भन्छिन्, ‘तर अहिलेको अवस्था पहिले जस्तो छैन, अलिकति भीडभाड भयो भने पनि मान्छे सेवा लिन हिचकिचाउँछन्।’ अझै पनि कोभिडको त्रास ग्राहकको मनत्रबाट नहटेको उनी सुनाउँछिन् ।

त्यसो त उनले घरैमा बसेर पनि कतिपय पुराना ग्राहकलाई फोन र सामाजिक सञ्जालमार्फत स्किन केयर टिप्स दिएको अनुभव सुनाउँछिन् । कोभिडले जीवन र विकल्प खोज्ने बाटाहरूको गहिरो ज्ञान दिएको अनुभव उनी सुनाउँछिन् ।

उनी नेपाल वाणिज्य बैंक प्रति पनि दुखेसो पोख्छिन् । महिला उद्यमीलाई ६ प्रतिशत ब्याज अनुदान दिने भनिए पनि त्यो महिला उद्यमीको पहुँचमा नपुगेको बताउँछिन् । उनी भन्छिन्,‘पहुँचका आधारमा ऋण बाँडियो ।साँच्चिकै पसिना बगाएर व्यवसाय गर्ने महिला उद्यमीहरू छेउसम्म पुग्न सकेनन्।’

त्यस्तै, स्थानीय सरकारले सौन्दर्यकर्मीका लागि बजेट विनियोजन गरे पनि त्यो बजेट वास्तवमा व्यवसायमै लागिरहेकासम्म नपुगेको उनी बताउँछिन् । ‘पालिकाले दिने बजेटमा नातावाद चल्छ, उनी भन्छिन्, ‘साँचिकै प्रशिक्षक र व्यवसायीहरू बञ्चित हुन्छन्, जनप्रतिनिधिसँग नजिक भएकाले मात्र लाभ पाउँछन्।’

उनको अर्को गुनासो छ, ‘पालिकाले सञ्चालन गर्ने १५ दिने तालिम पर्याप्त छैन।’

कम्तीमा पनि ६ महिनाको गहिरो सिकाइ आवश्यक पर्ने बताउँदै उनले व्यवसायी बन्न अनुभव पनि चाहिने बताइन् । ललिता भन्छिन्, ‘१५ दिनको तालिमले पार्लर खोल्न मिल्छ भन्ने कानुनी रूपमा पनि उचित होइन।’

पार्लर दर्ता नगरी सञ्चालन गरिरहेका थुप्रै केस भेटिएको उल्लेख गर्दै उनी भन्छिन्, ‘महानगरले यस्ता विषयमा गम्भीर हुनु जरुरी छ।’

सौन्दर्य व्यवसाय महामारीको चपेटामा पर्दा कति असुरक्षित रह्यो, र अहिले पनि पहुँच, तालिम र नीतिगत समानतामा धेरै प्रश्नहरू रहेको उनको बुझाई छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×