अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार १५:१४
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

विराटनगर । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुन डाँडाबाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान स्थानीय ३३ वर्षीय मोहन तामाङलाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको हो ।

तामाङको घरमा भरुवा बन्दुक रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले बिहान ११ः३० बजेतिर तामाङको घर खानतलासी गर्दा एक थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले बन्दुकसँगै त्यसमा प्रयोग हुने बारुद र छर्रा समेत बरामद गरेको छ । अवैध हतियारसहित नियन्त्रणमा लिइएका तामाङमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.