जनकपुरधाममा झुलनोत्सवको उल्लास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार १२:११

जनकपुरधाम। मिथिलाको ऐतिहासिक सांस्कृतिक सहर जनकपुरधाममा अहिले प्रसिद्ध झुलनोत्सव (झुला महोत्सव) को उल्लास छाएको छ। साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको यो महोत्सव साउन पूर्णिमा (रक्षाबन्धन) सम्म जनकपुरधामका हरेक मठमन्दिरमा भव्यताका साथ मनाइन्छ।

महोत्सवको पहिलो दिन जनकपुरधामस्थित रङ्गभूमि मैदानमा विभिन्न मठमन्दिरबाट भगवान् रामको डोला ल्याएर विशेष आरती गरिन्छ, जसलाई ‘मणि पर्वत’ भनिन्छ। त्यसपछि आ-आफ्ना मन्दिरमा डोला फर्काएर साँझ विशेष रूपमा सजाइएको झुलामा भगवान् सीताराम र राधाकृष्णलाई राखी झुलाउने परम्परा रहेको छ।

Advertisement

जानकी मन्दिरसहितका प्रमुख मठमन्दिरहरूमा विशेष सिंहासन निर्माण गरी सजाइएको गद्दीमा प्रतिमा तथा शालिग्राम राखेर झुलाइन्छ। उत्सवभरि मठमन्दिरहरूमा भजन-कीर्तन, झुला गीत, कजरी, नाटक तथा लोककथा प्रस्तुत गर्दै विशेष रौनक छाउने गर्छ। साधु-सन्तहरूले रुखको छहारी वा खुला चौरमा बसेर शालिग्रामलाई झुलाउने परम्परा अनुसार मिथिला क्षेत्रमा यस महोत्सवलाई धार्मिक र सांस्कृतिक आस्थाका साथ मनाइन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.