नेपाल महिला संघले मनायो ७८ औँ स्थापना दिवस

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २१, बुधबार १९:५०
 नेपाल महिला संघले मनायो ७८ औँ स्थापना दिवस

विराटनगर । नेपाल महिला संघ मोरङले ७८ औँ स्थापना दिवस तथा तीज विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाल महिला संघले महिला हक अधिकारका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

मंगलादेवी सिंह, शैलजा आचार्य र नोना कोइराला जस्ता नेतृहरूले महिला मुक्तिका लागि गरेको योगदानको चर्चा गर्दै, नेता रिजालले भने, ‘नेपालको संविधानले महिलालाई ३३ प्रतिशत हक अधिकार सुनिश्चित गरे पनि अझै पनि पूर्ण कार्यान्वयनमा नआइसकेकाले महिलाहरू एकताबद्ध भएर अगाडि बढ्नु पर्ने जरुरी छ ।’

नेता रिजालले बहुविवाहलाई वैधानिकता दिने कुनै पनि प्रस्ताव नेपाली कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्दै यस्तो कानुन नबन्नेमा महिलाहरूलाई ढुक्क हुन आग्रह गरे ।

सबै क्षेत्रबाट विरोध मस्यौदाको विरोध हुन थालेपछि गृहमन्त्री र कानुन मन्त्रीले पनि बहुविवाहको मस्यौदालाई अगाडि नबढाउने प्रतिबद्धता व्यक्त गरिसकेको उनले बताए ।

नेता रिजालले सम्पूर्ण नेपाली दिदीबहिनीलाई तीजको शुभकामना दिँदै बहुविवाह मस्यौदाको विरोध भएपछि यो प्रक्रिया अघि नबढ्ने भएको हुँदा ढुक्क र सुखीका साथ तीज बनाउन आग्रह गरे ।

उनले तीज पर्वलाई महिलाको स्वतन्त्रतासँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।

स्थापना दिवसको अवसरमा मिसेज ब्युटी कन्टेस्ट, सँगिनी र लोकदोहोरी लगायतका विभिन्न प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.