
काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलनको घोषणा गरेको छ ।
महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदैछ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आन्दोलनमा जाने निर्णय गरेको उनले बताए । गत २० चैतदेखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।























