रामहरिलाई राजीनामा दिन लगाउने कांग्रेसको तयारी

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २३, शुक्रबार १४:११
फाइल तस्बिर : रामहरि खतिवडा

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’ प्रावधान परिवर्तनमा देखिएको विवादपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन लगाउने तयारी गरेको छ ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठन गरिएको आन्तरिक छानबिन समितिले हालै बुझाएको प्रतिवेदनमा खतिवडाको भूमिकामाथि स्पष्ट प्रश्न उठाइएको छ । सो प्रतिवेदनका आधारमा पार्टी नेतृत्वले खतिवडाले नैतिक जिम्मेवारी लिँदै पद त्याग गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतले बतायो ।

राज्य व्यवस्था समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ कार्यान्वयन हुन नसक्ने गरी प्रतिनिधिसभाबाट संशोधनसहित पारित भएपछि खतिवडा विवादमा तानिएका थिए । उच्च तहमा प्रभावको प्रयोग गरी संशोधन गराइएको आरोप सार्वजनिक भएपछि, कांग्रेसभित्र मात्र होइन, बाहिरबाट पनि खतिवडाको राजीनामाको माग उठ्दै आएको छ ।

कांग्रेस स्रोतका अनुसार खतिवडालाई राजीनामा गर्न निर्देशन दिने विषयमा पार्टी शीर्ष नेताहरूबीच सहमति भइसकेको छ । सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताहरू खतिवडालाई पदमुक्त गर्नुपर्ने पक्षमा छन्ख। नेतृत्व तहमा भएको छलफलपछि आगामी १–२ दिनमै खतिवडालाई औपचारिक रूपमा राजीनामा दिन निर्देशन दिने तयारी गरिएको बताइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.