
विराटनगर । मानव अधिकार सञ्जाल विराटनगरको संयोजकमा बासु अधिकारी सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको भेलाले अधिकारीलाई सर्वसम्मत संयोजक चयन गरेको हो । अधिकारी सिविन नेपालको कोशी प्रदेश प्रमुख हुन् ।
सञ्जालको सहसंयोजकमा शोभा बजगाईंलाई चयन गरेको छ । बजगाईं अधिवक्ता तथा ओरेक नेपालको कोशी प्रदेश संयोजक हुन् । यसअघि सञ्जालको संयोजक विनोद पोखरेल रहेका थिए ।























