
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गरेका छन् । रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा शनिबार वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका छन् ।























